संसदमा सत्तापक्षिय सांसदको पश्न– सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन ?

संसदमा सत्तापक्षिय सांसदको पश्न– सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन ?


संसदमा सत्तापक्षिय सांसदको पश्न– सरकार कहाँ छ ? जिम्मेवार  र वफादार बन्नु पर्दैन ?

प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् ।  बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन् । 

‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने । कस्तो बिडम्बना, सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् । सांसद संग्रौलालले नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्ता पाउन नसकेको बताइन् । त्यति मात्र होइन खेती गर्नेबेला किसानहरुले मल पाउन नसकेको उनले जनाइन् । 

‘महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण छैन । हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन् ।  


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९