प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता

प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता


प्रधानमन्त्री देउवासँग अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुखको भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्तराज्य अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गरेका छन।

उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । भेटमा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन। प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाइँका क्रममा उनले नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पुर्‍याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्नुहुने जनाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, १७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९