बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी चाप नियन्त्रण गरिँदै

बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी चाप नियन्त्रण गरिँदै


बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी चाप नियन्त्रण गरिँदै

बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । गत २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठ्माडौंमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेलबजारमा सवारी साधन प्रवेशमा केही कडाई गर्ने निर्णय गरिएको हो । 

    जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले दिक्तेलबजारमा थप सवारी दुर्घटना हुन नदिनका लागि भन्दै दैनिक बिहान ९।३० बजेदेखि बिहान  १० बजेसम्म र दिउँसो ३।३० बजेदेखि ४।३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने र फर्कने बालबालिकालाई लक्ष्यित गर्दै सवारी साधनको चाप नियन्त्रण गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । दिक्तेलबजारमा बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्कनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारी साधनले जुनसुकैबेला ठक्कर दिने खतरा बढ्दो छ । 

    दिक्तेल बजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो । पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् ।

ट्राफिक प्रहरीले किरातचोकमा बसेर सवारी चेक गर्ने गरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने अभिभावक एवं जसपाका नेता नविन राई बताउँछन् । 

    सवारी दुर्घटना लगत्तै दिक्तेलबजारमा सवारी साधनको प्रवेशमा कडाई गरिएको यो दोश्रोपल्ट हो । १ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भएको भोलिपल्टै उद्योग बाणिज्य संघको आव्हानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाबिसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधन प्रबेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः फितलो हुँदै गएको थियो । 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९