मोहन्यालका अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागि नगराउन माग

मोहन्यालका अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागि नगराउन माग


मोहन्यालका अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागि नगराउन माग

काठमाडौँ, । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागि नगराउन माग गरिएको छ । 

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिदै विशेष अदालतको फरार सूचिमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागि नगराउन माग गरेका हुन् । उनले हिजो जेठ २७ गते अध्यक्ष उपाध्यायलाई निर्वाचन अधिकृतको कार्यालयमा मतदान प्रक्रियामा सहभागि नगराउन निवेदन पेश गरिसकेका छन् । 

नवनिर्वाचित अध्यक्ष उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरि भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अहिले उनी फरार रहेका छन् ।  


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९