पर्यटनमन्त्री आलेको आगनमा खाल्डो, चिल्लो गाडी फस्दा मोबाइलमा ध्यान (तस्विरसहित )

पर्यटनमन्त्री आलेको आगनमा खाल्डो, चिल्लो गाडी फस्दा मोबाइलमा ध्यान (तस्विरसहित )


पर्यटनमन्त्री आलेको आगनमा खाल्डो, चिल्लो गाडी फस्दा मोबाइलमा ध्यान (तस्विरसहित )

काठमाडौं । काठमाडौ महानगरपालिकाले निर्माण एम्बुलेन्स घोषणा गरेको दुई हप्ता वित्यो । त्यो एम्बुलेन्स सञ्चालनमा आए नआएको कुनै जानकारी आएको छैन ।

सडकमा भत्केका खाल्डाखुल्डी जस्ताको तस्तै छ । अरुको त के कुरा गर्नु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको घरको मूल ढोकामै भत्केका संरचना महिनौदेखि जस्ताको तस्तै छन् ।
आले आफ्नै पहलमा पनि त्यहाँको खाल्डा पुर्न सक्थे । वा सडक विभागलाई उजुरी गर्न सक्थे तर आलेले त्यसो नगरी आफ्नै घर अगाडीको खाल्डो पुर्ने चासो देखाएका छैनन ।

अरुको कमजोरी केलाउन उद्यत रहेका पर्यटनमन्त्री आलेले आफ्नै घरको खाल्डोमा सवारीसाधन दुर्घटना हुँदा उनी चुपचाप बसेका छन् । आले आफै पनि भत्केका संरचना बनाउनु पर्छ भन्छन् ।

‘देश हामीले नबनाए कसले बनाउछ भन्दै चिच्याएर भाषण गर्छन तर आफ्नै आगन अगाडी बाटो भत्केकोमा वास्ता गर्दैन, महिनौदेखि ह्यूमपाइप राखिरहेका छन् तिनीहरुको प्रयोग भएका छैनन’, एक स्थानीयले भने ।

ती स्थानीयका अनुसार चिल्लो गाडी बेलाबेलामा भत्केको ठाउँमा फस्ने गर्छ तर पनि वास्तै गर्दैनन । ‘चिल्लोका कारमा आउने आलेजी मोबाइल खेलाएर बस्छन् तर खाल्डोमा ध्यान दिन्नन्’, ती स्थानीयको भनाई छ ।


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९