अर्थमन्त्रीमा ज्ञानेन्द्र, गृहमन्त्रीमा नारायणकाजीको चर्चा

अर्थमन्त्रीमा ज्ञानेन्द्र, गृहमन्त्रीमा नारायणकाजीको चर्चा


अर्थमन्त्रीमा ज्ञानेन्द्र, गृहमन्त्रीमा नारायणकाजीको चर्चा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई शपथ गराउन दबाब दिएपछि प्रधानमन्त्रीले केही दिनमै अन्य मन्त्रीहरुसहित मन्त्रिमण्डल हेरफेर गर्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संसदमा पेश भएको आर्थिक वर्ष ०७९/८० को बजेट पारित भएलगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।यसअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णयलाई प्रधानमन्त्रीले अवरोध गरे गठबन्धनको औचित्य नरहने भन्दै आपत्ति जनाएका थिए । साथै बजेट फेल गराउने धम्की समेत दिइएको बताइन्छ । एकीकृत समाजवादीको उक्त निर्णयसँगै अन्य दलहरुमा पनि मन्त्री परिवर्तनको दबाब परिरहेको छ ।

आगामी नयाँ मन्त्रीहरुमा गृहमन्त्री र अर्थमन्त्रीसमेत परिवर्तनको चर्चा छ । जसमा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिइने जनाइएको छ ।हाल अर्थमन्त्रालय माओवादी केन्द्रको भागमा छ । त्यस्तै हाल काँग्रेसको भागमा रहेको गृह मन्त्रालय भने माओवादीले पाउने छ । नयाँ गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रारम्भिक गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

यो मन्त्रिमण्डल हेरफेरले गठबन्धन दलहरुभित्रको किचलोलाई शान्त पार्ने अनुमान पनि राजनीतिक वृत्तमा हुँदै आएको छ ।


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, २१:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९