एमालेको प्रश्नः ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्री या रक्षामन्त्रीको हैसियतमा हुँदैछ?

एमालेको प्रश्नः ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्री या रक्षामन्त्रीको हैसियतमा हुँदैछ?


एमालेको प्रश्नः ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्री या रक्षामन्त्रीको हैसियतमा हुँदैछ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको हुन लागेको अमेरिका भ्रमणबारे सदनमा प्रश्न उठाएको छ । आइतबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाका अमेरिकाबारे प्रमुख प्रतिपक्षी दललाई जानकारी नदिइएको र सदनमा समेत जानकारी नगराएको भन्दै प्रश्न उठाएको हो ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणलाई अमेरिकाको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले गरिरहेको र त्यसमा सेना जोडिएको कारण प्रश्नहरु उब्जिएको बताउँदै उक्त भ्रमण कुन हैसियतमा गरिँदैछ भन्दै प्रश्न उठाएका छन् ।

‘यो भ्रमणको चाँजोपाँजोमा अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले गरेको छ । तर त्यसमा सेना जोडिएको छ । यसले त्यसमा गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियताले हुँदैछ या रक्षामन्त्रीको हैसियतले हुँदैछ । रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको स्टक्चर के हो रु त्यस विषयमा पनि सदनले थाहा पाउन जरुरी छ भन्ने सदनले जानकारी लिन जरुरी रहेको छ ।’ उनले भनेका छन् ।

 

त्यसैगरी उनले प्रधानमन्त्रीको भ्रमणबारे प्रमुख प्रतिपक्षी दललाई जानकारी गराएर त्यसबारे छलफल र सुझावहरु नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘प्रमुख प्रतिपक्ष यस विषयमा बेखबर नै रहेको छ । लामो समय भयो यस्ता गम्भीर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउने, उससँग परामर्श गराउने, उसका सुझावहरु ीलने र एउटा राष्ट्रिय समझादारी बनाउने यो चलन वर्तमान सरकारले छोड्दै गएको छ ।’ उनले भने ।

त्यसैगरी प्रधानमन्त्रीको भ्रमण राजकीय हो या अन्य कुनै हो भन्दै प्रश्न उठाएका छन् । ‘हामीलाई त त्यो भ्रमणको स्टयाचर नै के हो, त्यो राजकीय हो कि, त्यो आधिकारीक हो की? त्यो सदभावना मात्रै हो कि, कुनै अफिसीयल या कुनै विजनेश लायक होकी त्यस सम्बन्धमा हामीलाई जानकारी छैन ।’ सांसद ज्ञवालीले भने, ‘छलफलका विषयहरु के हुन् त्यहाँ कुनै समझादारीहरु हुँदैछन् ? हुँदैछन् भने के विषयमा हुँदैछ त्यस विषयमा प्रमुख प्रतिपक्षी पूर्ण रुपमा बेखबर रहेको छ ।’

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालय नै बेखबर रहेको जिकिर गर्दै उनले परराष्ट्रको मामिलामा गम्भीर बन्न समेत सरकारलाई आग्रह गरे । प्रधानमन्त्री देउवा आगामी असार अन्तिमतिर अमेरिका भ्रमण गर्दैछन् ।


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९