भीम रावलको संसदमा प्रश्न : पश्चिम सेती प्रतिस्पर्धाबिना भारतलाई दिनुको कारण के हो ?

भीम रावलको संसदमा प्रश्न : पश्चिम सेती प्रतिस्पर्धाबिना भारतलाई दिनुको कारण के हो ?


भीम रावलको संसदमा प्रश्न : पश्चिम सेती प्रतिस्पर्धाबिना भारतलाई दिनुको कारण के हो ?

काठमाडौं, ।  एमाले सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधिसभामा बोल्दै उनले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य नभएको बताए ।

‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गरे ।

यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता भएको ८ वर्ष वितिसक्दा पनि पटक–पटक म्याद थपिराख्न नमिल्ने रावलको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९