पदाधिकारी रहन कम्तिमा स्नातक पूरा गरेको शैक्षिक योग्यता र ३२ वर्षको उमेरहदबन्दी कायम गर्न अनेरास्ववियूको माग

पदाधिकारी रहन कम्तिमा स्नातक पूरा गरेको शैक्षिक योग्यता र ३२ वर्षको उमेरहदबन्दी कायम गर्न अनेरास्ववियूको माग


पदाधिकारी रहन कम्तिमा स्नातक पूरा गरेको शैक्षिक योग्यता र ३२ वर्षको उमेरहदबन्दी कायम गर्न अनेरास्ववियूको माग

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले ३२ वर्षको उमेरहदबन्दी र पदाधिकारी रहन कम्तिमा स्नातक पूरा गरेको शैक्षिक योग्यता कायम गर्न माग गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत पार्टीका पदाधिकारीलाई भेटी उमेर हदबन्दी घटाउन माग गरिएको विद्यार्थी संगठनका स्थायी समिति सदस्य टिकाराम भण्डारीले जानकारी दिए। यस्तै, अनेरास्ववियूको तत्काल पुनर्गठनको माग गरेको छ। उपरोक्त उमेर र शिक्षाको हदबन्दीले नेतृत्वबाट बिदा लिने सम्पूर्ण सदस्यलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्न पनि माग गरेको छ।

पार्टी अध्यक्षलाई बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ, 'अब देश निर्माणको चरणमा प्रवेश गरेकोले कसरी देशको विकास र बेरोजगारीको अन्त्य हुन्छ? भन्ने विषयमा विश्वविद्यालय र क्याम्पसहरुमा व्यापक विमर्श गर्न जरुरी छ। आज विद्यार्थी आन्दोलनको सान्दर्भिकता सकियो कि भन्ने आवाज कतै कतै सुनिन्छ तर देश निर्माणको यो चरणमा अझ टड्कारो रुपमा विद्यार्थी आन्दोलनको आवश्यकता महसुस भएको छ।’

विद्यार्थी आन्दोलनभित्र वैचारिक, सांगठनिक र कार्यशैलीगत समस्या देखिएको भन्दै अनेरास्ववियुले यो विद्यार्थी संगठनलाई क्रान्तिकारी, चलायमान बनाउन नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएको छ।


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९