चितवन, २९ वैशाख।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताएका छन्। आज यहाँ पत्रकारहरूसँग उहाँले पार्टीभित्र परम्परागत गुट नभएको र कुनै पनि आधारमा कसैलाई पक्षपात नगरी १५औँ महाधिवेशमा जाने बताए । महामन्त्री घिमिरेले भने, “पार्टीभित्र मतभेद देखिन्छन् । त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार रहेका छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ । हाल एकढिक्का भएर १५औँ महाधिवेशनको तयारीमा लागिरहेका छौँ ।” हालै केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णयले पनि सबैलाई मिलाएर लैजाने कुरामा आफूहरू तयार रहेको पुष्टि गरेको उनको भनाइ थियो ।
“पार्टीमा ६०–४० को र अस्वस्थ गुटबन्दीको गुनै गुञ्जायस छैन । पार्टी सबैको साझा थलो हो भन्ने कुरा स्थापित गरेर अघि बढ्छौँ”, महामन्त्री घिमिरेले भने ।
