काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको बताएर राष्ट्रघाती अभिव्यक्ति दिएका छन्। नेपालमा कुनै पनि प्रधानमन्त्रीहरुले बोल्न नसकेको र बोल्न नहुने विषय संसदको रोष्टममा उभिएर नेपालले भारतको भूमि मिचेको बताएर राष्ट्रघाती अभिव्यक्ति दिएका हुन् । सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
‘एउटा कुरा अचम्म लाग्न सक्छ । प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ’, प्रधानमन्त्रीले भने । तर भारतले नेपालको भूमि कहाँ कहाँ मिचेको हो भनेर बताएनन । उनले कुन आधारमा यस्तो धारणा राखेका हुन भन्ने प्रष्ट हुन सकेको छैन । भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन सकेको छैन । साथै प्रधानमन्त्रीले यस्तो बोल्दा नेपाली पक्षले दावी गरेका विषयहरु निकै कमजोर भएको छ ।
नेपालको संविधानमा उल्लेख भएको विषय
५१. राज्यका नीतिहरू ः राज्यले देहायका नीतिहरू अवलम्बन गर्नेछ ः– (क) राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति ः (१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण्ण राख्ने, (२) विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्धन गर्ने, (३) राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने, (४) सर्वांगीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने, (५) राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बल नेपाल लगायत सबै सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने, (६) राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने, (७) पूर्व कर्मचारी, सैनिक र प्रहरी लगायतका पूर्व राष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने ।
