काठमाडौं,२८ जेठ ।
काङ्ग्रेस महामन्त्री प्रदिप पौडेलले कांग्रेसले छोटो समयमै सदस्यहरुको सबै विवरण डिजिटाइज्ड गर्ने काम गरेर महत्वपूर्ण काम गरेकाले पार्टीका वरिष्ठ नेताहरुले सदस्यता अधावधिकको काममा सहयोग गर्नुपर्ने बताएका छन ।
पार्टी हितमा भएको काममा इतर पक्षमा रहेका वरिष्ठ नेताहरुले पनि सुझबुझ राखेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘कांग्रेसले छोटो समयमै सदस्ताको डिजिटल रुपान्तरण गरेर धेरै ठूलो उपलिब्ध हासिल गरेको छ । बारम्बार समयसीमा थपेर पार्टी वरिष्ठ नेताहरुलाई अद्यावधिकका लागि आग्रह गर्दै आएका छौं । यो उहाँहरुको पनि हितमा काम भएकाले बरु हामीलाई प्रोत्साहित गर्नुपथ्र्यो । त्यसैले सदस्यता अद्यावधिकको काममा बाधक नबनी सहयोगका लागि आग्रह गर्दछु ।’ पौडेलले भने ।
