काठमाडौं, २८ जेठ ।
नेपाली काङ्ग्रेसले सदस्यता अधावधिकको काम छिटो र सहज बनाउन एआईको प्रयोग गरेको छ ।
सदस्यता विवरण अधावधिक गर्न एआइको प्रयोग कसरी गर्ने विषयमा काङ्रेसले सम्पर्क नम्बरसहित पार्टी सदस्यहरुलाई सूचना जारी गरेको छ ।
सदस्यता अधावधिक गर्ने अन्तिम समयसिमा आजबाटै सकिदैछ । महामन्त्री प्रदिप पौडेलले सदस्यता अद्यावधिक गर्ने काम अपेक्षाकृत ढंगले नै अगाडि बढेको जानकारी दिँदै अहिलेसम्म ५ लाख नाघिसकेको बताए ।
‘वडा कमिटीहरुबाटै सदस्यता डिजिटाइज्ड अद्यावधिक गर्नेको संख्या ५ लाख नाघेको छ । अनलाइनबाट सम्भव नभएका हिमाली जिल्लाबाट हार्ड कपी विवरण आउँदैछ । अन्य स्थानबाट अद्यावधिक गर्ने संख्यासहित त्यसभन्दा धेरै माथि संख्या अद्यावधिक भएको अनुमान छ ।’ पौडेलले भने ।
कांग्रेसको अघिल्लो महाधिवेशनमा पार्टी सदस्य संख्या ८ लाख हाराहारी थियो । तर, इतर पक्षले सदस्यता अद्यावधिक नगरेका कारण पनि संख्या उत्साहजन रुपमा बढ्न नसकेको नेताहरुको भनाई छ ।
‘
