काठमाडौं, २८ जेठ ।
संसदको राज्यव्यवस्था समितिले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसहित केही मन्त्रालय र संवैधानिक निकायहरुको काम कारवाहीको अध्ययन र निगरानी गर्दै सहजीकरण गर्ने भएको छ । त्यसका लागि समितिको विहिबारको बैठकले उपसमितिहरु बनाएको छ ।
जस अनुसार प्रधामन्त्री कार्यालय र रक्षा मन्त्रालयका लागि अमरेशकुमार सिंहको संयोजकत्वमा सात सदस्यीय उपसमिति, गृहमन्त्रालयका लागि दीपक बोहोराको संयोजकत्वमा सात सदस्यीय उपसमिति , भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि कमल सुवेदीको संयोजकत्वमा सात सदस्यीय उपसमिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका संवैधानिक निकाय का लागि सुरेन्द्र चौधरीको संयोजकत्वमा सात सदस्यीय उपसमिति बनाइएको सभापति हरि ढकालले बताए ।
