ध्यानाकर्षणपत्रमा जिल्ला कमिटीका उपाध्यक्ष कर्णबहादुर घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिनेश बरालसहित ६६ जना जिल्ला सदस्य, तीन पालिका कमिटीका अध्यक्षसहित बहुसंख्यक कमिटीका नेता–कार्यकर्ताले हस्ताक्षर गरेका छन् । पत्रमा दुधौली नगरकमिटी अध्यक्ष खेटराज अधिकारी, गोलञ्जर गाउँपालिका कमिटी अध्यक्ष पूर्ण थापा, हरिपुरगढी गाउँपालिका कमिटी अध्यक्ष मानबहादुर वाईवासहित पालिका कमिटीका बहुसंख्यक पदाधिकारी र सदस्यहरुको पनि हस्ताक्षर छ ।
काठमाडौं, ५ असार
सिन्धुलीको बहुसंख्यक जिल्ला नेता र तीन पालिका कमिटीले केन्द्रदेखि जिल्ला तहसम्मको कमिटी विघटन गरी पुनर्गठन गर्न माग गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर पार्टी पुनर्गठन अभियान बढाउनुपर्ने पक्षमा देशव्यापी माहौल बढिरहेका बेला जिल्ला कमिटी उपाध्यक्षसहित बहुसंख्यक जिल्ला कमिटी सदस्य तथा तीन पालिका कमिटी अध्यक्षसहित बहुसंख्यक कमिटी सदस्यहरुले त्यस्तो माग गरेका हुन् ।
पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा‘बादल’लाई पुनर्गठनका लागि हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले व्यापक पुनर्गठनका लागि केन्द्रदेखि जिल्ला कमिटीहुँदै तलैसम्मका कमिटीहरु विघटन गरी संस्थागत प्रक्रियाबाट नयाँ नेतृत्व छान्नुपर्ने माग गरेका छन् ।
३ असारमा कार्यदलका सदस्यसचिवसमेत रहेका महासचिव शंकर पोखरेलमार्फत उनीहरुले संयोजक बादललाई हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र पेश गरेका छन् ।
ध्यानाकर्षणपत्रमा जिल्ला कमिटीका उपाध्यक्ष कर्णबहादुर घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिनेश बरालसहित ६६ जना जिल्ला सदस्य, तीन पालिका कमिटीका अध्यक्षसहित बहुसंख्यक कमिटीका नेता–कार्यकर्ताले हस्ताक्षर गरेका छन् । पत्रमा दुधौली नगरकमिटी अध्यक्ष खेटराज अधिकारी, गोलञ्जर गाउँपालिका कमिटी अध्यक्ष पूर्ण थापा, हरिपुरगढी गाउँपालिका कमिटी अध्यक्ष मानबहादुर वाईवासहित पालिका कमिटीका बहुसंख्यक पदाधिकारी र सदस्यहरुको पनि हस्ताक्षर छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले नवयुवा पुस्ता र जनतामाझ विश्वास पैदा गराउन नसक्दा पार्टीले अकल्पनीय हार ब्यहोरेकोले पार्टीलाई पुन जनतामझ स्थापित गराउन व्यापक पुनर्गठन, रुपान्तरण र पुनर्जागरणसहित अघि बढ्नुपर्ने उनीहरुको माग छ ।
‘वतर्मान पार्टी नेतृत्वले नवयुवा पुस्ता र आम नेपाली जनतामाझ विश्वास पैदा गराउन नसकेको हुनाले हालको परिस्थ्तिि सिर्जना भएको भन्ने आम कार्यकर्ताको बुझाई रहेको छ । नेकपा एमालेलाई पुन जनतामाझ स्थापित गराउन पार्टीभित्र व्यापक पुनर्गठन, रुपान्तरण र पुनर्जागरणसहित अगाडि बढ्नुपर्ने र पुन नेपाली जनतामाझ आशाको केन्द्रको रुपमा पार्टीलाई स्थापित गराउनुपर्ने आजको आवश्यकता रहेको छ’ ध्यानाकर्षणपत्रमा भनिएको छ,‘ यसका निम्ति केन्द्रदेखि जिल्लाहुँदै तल्लो तहसम्म पार्टी कमिटीको व्यापक पुनर्गठन, वैचारिक, राजनीीतक कार्यशैलीमा परिवर्तन र रुपान्तरण आजको अनिवार्य आवश्यकता बनेको छ ।’
त्यस्तै, सिन्धुली जिल्ला कमिटीमा सामूहिकता हराएर संस्थागत रुपमा पार्टी अगाडि बढ्न नसकेको, कमिटी प्रणाली चल्न नसकेको ठहर गर्दै जिल्ला कमिटी विघटन गरी नवौं जिल्ला अधिवेशन आयोजना गर्न माग गरिएको छ ।
‘सिन्धुली जिल्लाको हकमा पनि जिल्ला कमिटीमा सामूहिकता, आर्थिक मितब्ययिता र नेतृत्वमा समन्वयको अभाव भई संस्थागत रुपमा पार्टी चल्न नसकेको, कमिटी र नेतृत्व औपचारिकतावादमा मात्र सिमति हुँदा निर्वाचनमा कमिटी प्रणाली अन्तर्गत पार्टी र जनवर्गीय संगठन परिचालन नभएको हुनाले सिन्धुली जिल्लामा पनि नेकपा एमालेले अनपेक्षित पराजय भोग्न पुग्यो । वतर्मान जिल्ला कमिटीले उक्त पराजयको नैतिक जिम्मेवारी लिँदै पुनर्गठन हुन हामीले आवश्यकता महशुस गरेका छौं । त्यसका लागि केन्द्रदेखि तलैसम्म पार्टी पुनर्गठन र समयअगावै नेकपा एमाले सिन्धुलीको नवौं जिल्ला अधिवेशन आयोजना गर्न माग गर्दर्छौं ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
गत ३० र ३१ जेठमा सम्पन्न वागमती प्रदेशस्तरीय कार्यदलको भेलामा सिन्धुलीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रदिप कटुवालले मञ्चतिर फर्किएर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति लक्षित गर्दै पटक–पटक नेतृत्वबाट अवसर लिएकाहरुले नै अध्यक्ष ओलीलाई हटाउने अभियानको नेतृत्व गर्न खोजेको आरोप लगाएका थिए ।
