
काठमाडौं, १८ भदौ । सशस्त्र प्रहरीका महानीरिक्षक नारायण दत्त पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट बच्न सफल पेन्सनर असइ बल बहादुर घर्ती मगरको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । १० गतेको भीषण बाढी अन्तर्गत बाढीको करिब पहिलो प्रहार परेका मगरलाई शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

रसुवाको नेपाल चीन सीमा नजिक टिमुरेमा ब्यवसाय गरेर बस्दा बाढीको तीब्र बेगमा परिवारका सदस्य भाउजू र भाइ हालसम्म बेपत्ता भएका आफू बाढीले हुत्याउँदा हुत्याउँदै पनि रुख, मुढा समात्दै घाइते भएर पनि बाँच्न सफल भएका थिए । महानीरिक्षक पौडेलले घर्ती मगरलाई शिक्षण अस्पतालमा पुगि भेटघाट गर्नुको साथै स्वास्थ अवस्था बारेमा जानकारी लिएर संगठनको तर्फबाट सहयोग गर्ने बचन समेत दिएका छन्



