काठमाडौ , मङ्सिर २
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई क्रान्ति होइन, प्रतिक्रान्ति भनेर टिप्पणी गरेका छन्।
मंगलबार विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकमा उनले हाल देखिएका घटनाहरू कुनै परिवर्तनकारी आन्दोलन नभई देशलाई उल्टो दिशातर्फ धकेलेको घटनाक्रम भएको बताए।
ओलीका अनुसार,
‘यसरी दुनियाँको कुनै ठाउँमा सरकार बन्दैन। उनीहरू भन्छन्– क्रान्तिबाट सरकार आयो। कहाँ भयो क्रान्ति? नेपालमा क्रान्ति होइन, प्रतिक्रान्ति भएको हो,’ उनले भने।
उनले नेपालमा सम्पदा जलाइएर ठूलो जन धनको क्षति भएको दाबी गर्दै त्यस्तो बलिदान क्रान्तिका नाममा व्यर्थ गएको टिप्पणी गरे।
‘यसले देशलाई पछाडि फर्कायो, लोकतन्त्र कमजोर बनायो, संविधान मिचियो र असंवैधानिक सरकार गठन भयो, उनले भने , “संविधानले स्पष्ट रूपमा “हुन्न” भनेका काम पनि गरिए।’
ओलीले वर्तमान परिस्थिति संविधानविपरीत र लोकतान्त्रिक संरचनालाई क्षति पुर्याउने किसिमको भएको निष्कर्ष निकाले।
