काठमाडौं, ११ मंसिर । सशस्त्र प्रहरी बलमा रिक्त डीआईजी र रिक्त हुनुपूर्व नै एक एसएसपी बढुवा सिफारिस भएका छन् । डीआईजी कालिदास धौवजी अवकाश भएपछि रिक्त रहेको डीआईजीमा एसएसपी कृष्णराज पाठक बढुवा सिफारिस भएका हुन् ।
यसैगरी एसएसपीमा समिक महर्जन सिफारिस भएका छन् । किर्तिपुर निवासी महर्जन फिल्डमा खटिन रुची नराख्ने अधिकृतका रुपमा परिचय कमाएका छन् । आइजीपी मातहमा रहेको गणको कमाण्ड गर्ने आएका महर्जनलाई संगठनमा कमजोर कार्यसम्पादन भएका अधिकृतको रुपमा परिचय कमाएका छन् ।
पाठकको बढुवासँगै रिक्त हुने एसएसपीका लागि समिक महर्जन सिफारिस भएका छन् । पाठक र महर्जन दुबै आआफ्नो दर्जाका वरिष्ठ अधिकृत हुन् । अघिल्लो बढुवामा उनीहरू छुट्दै आएका थिए । दुबैको सेवाअवधि कम छ । पाठकलाई जेष्ठताको आधारमा बढुवा सिफारिस गरेपछि उनी डिआइजीका लागि लायक नभएको भन्दै संगठनभित्र टिप्पणी गर्ने गरिन्छ ।
