नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षले केही ठाउँ मात्र खाली राखेर केन्द्रीय समितिका लागि उम्मेदवार टुंगो लगाएको छ।
१९ पदाधिकारीमध्ये उक्त समूहले उपाध्यक्ष र उपमहासचिवमा एक÷एक स्थान खाली राखेको हो।
हेर्नुहोस् सूची
ईश्वर पोखरेल
अध्यक्ष
उपाध्यक्ष–५
–पर्शुमेघी गुरुङ
–बिन्दा पाण्डे
–अरुण नेपाल
–गोकर्ण विष्ट
–…
महासचिव–१
–सुरेन्द्र पाण्डे
उपमहासचिव–३
–योगेश भट्टराई
–वैजनाथ चौधरी
–…
सचिव–९
–इन्द्रलाल सापकोटा
–कर्णबहादुर थापा
–कृष्णगोपाल श्रेष्ठ
–गोकुलप्रसाद बास्कोटा
–ठाकुरप्रसाद गैरे
–विनोद ढकाल
–पुरुषोत्तम पौडेल
–रचना खड्का
–डा. कृष्ण केसी
पोखरेल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन केन्द्रीय समितिमा रहने सबै ३०१ पदमा उम्मेदवार खडा गरेको छ।
