काठमाडौं, १पुस ।
काठमाडौंमा जारी नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान अझै सुरु हुन सकेको छैन।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर प्राविधिक कारण देखाउँदै उक्त समय स्थगित गरियो। पछि साँझ ४ बजेदेखि मतदान हुने भनिए पनि सो समयसम्म पनि प्रक्रिया अघि बढ्न सकेकाे छैन।
मतदानमा प्रयोग हुने प्रणालीमा उम्मेदवारहरूको नामक्रम र फोटो कोडिङमा समस्या देखिएको प्राविधिक पक्षले जनाएको छ। प्राविधिक लक्ष्मण रिमालका अनुसार उम्मेदवारको विवरण तलमाथि परेपछि पुनः कोडिङ गर्नुपरेको हो।
मतदान ढिलाइ हुँदा महाधिवेशनस्थलमा प्रतिनिधिहरू लामो समयदेखि प्रतीक्षामा छन्।
