काठमाडौं, २ पुस । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान प्रक्रिया अघि बढेसँगै आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ ईश्वर पोखरेलबीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ।
दुवै नेता प्यानलसहित चुनावी मैदानमा छन्। विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न महाधिवेशन प्रतिनिधिहरू आज बिहान ८ बजेदेखि लाइनमा बसिसकेका छन्। उनीहरु दुवै जनाले भोट खसालेका छन् ।
