काठमाडौं, २ फागुन । कारगारमा चौकीदारको रवैयाको विषयलाई लिएर झडप हुन थालेका छन् । कारागार मिनी भन्सारको रुपमा परिणत हुँदा यसरी झडप हुने गरेको हो । काठमाडौंको सुन्धारा स्थित केन्द्रिय कारागारमा झडप शुक्रबार झडप भएको छ । कारागार भित्र रहेको महिला बन्दीगृहमा झडप भएको हो । महिला बन्दीगृहकी चौकिदार विष्णु मल्लको समूह र अन्य कैदीबन्दी बिच झडप हुँदा एकजना घाइते भएका छन् ।
कारागार भित्र बिक्री गरिने सामानको मुल्यको विषयमा विवाद हुँदा चौकीदार र अन्य कैदबन्दीको बिचमा झगडा भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रबिण धितालले जानकारी दिए ।
उनले भने, ‘चौकीदारसँग विवाद हुँदा झगडा भएको हो, अहिले स्थिति नियन्त्रणमा आएको छ । महिला बन्दीगृहकी चौकीदार विष्णु मल्ल हुन् । उनी ज्यान मार्ने उद्योग कसुरमा कारागारमा थुनामा परेकी थिइन् । केन्द्रिय कारागारका डीएसपी शैलेश न्यौपानेको नेतृत्वसँगै त्यहाँ कार्यरत प्रहरीहरुमा समेत असन्तुष्टि बढ्न थालिरहेका बेला महिला चौकिदार र पुरुष चौकिदारको जिम्मेवारीलाई लिएर जेल भित्र प्रश्न उठ्न थालेको छ ।
जेल भित्र प्रहरीका केही कर्मचारी र चौकिदारहरु बिच आर्थिक कुरामा अपारदर्शीता हुने कुराले कहिलेकाही उक्त बिषयमा कुरा नमिल्दा केही आक्रोश बाहिर आउने गरेको त्यहाँ कार्यरत एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
केन्द्रिय कारागारमा सञ्चालित ३ वटै ब्लकमा चौकीदारहरुले त्यहाँ सञ्चालन हुने क्यान्टिन र पसलमा ‘सिन्डीकेट’ लागु गरेको आरोप छ । चौकीदार मल्लले कैदीबन्दीसँग ‘प्रशासनलाई बुझाउनुपर्छ’ भनेर रकम मागेपछि त्यहाँका कैदबन्दीले शुक्रवार बिहानैदेखी थाल ठटाएर आन्दोलन शुरु गरेका थिए ।
कारागार प्रशासनले महिला बन्दीगृहका १७ जनालाई त्यहाँबाट अन्यत्र कारागारमा स्थानान्तरण गरेको अनाश्रीत गुल्म, जगन्नाथदेवलका अर्का प्रहरीले थपे । स्थानान्तरण गर्ने निर्णय भएपनि कैदबन्दी त्यहाँबाट निस्कन मानेका छैनन् । उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।
महिला बन्दीगृहमा ३ सय जना भन्दाबढी महिला कैदीबन्दी रहेकाछन् ।
