भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ

भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ


भक्तपुरमा फर्माले हानेर एक जनाको हत्या, चारजना पक्राउ

भक्तपुरमा एक जनाको हत्या भएको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार हत्या भएको हो ।

काठको फर्माले हानेर हत्यामा साहु फेला परेका थिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्ड बुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । घटनास्थलबाट रगताम्मे फर्मा पनि बरामद गरेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९