अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन

अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन


अख्तियारको पत्रपछि गाउँपालिकाका अध्यक्ष स्वत: निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन

कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो । 

निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको पत्रमा उल्लेख गरिएको छ । 

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ आयोगले पठाएको निर्देशनात्मक पत्रमा भनिएको छ । 


 नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९