यु १२ टेनिस: नेपाल पराजित

यु १२ टेनिस: नेपाल पराजित


यु १२ टेनिस: नेपाल पराजित

काठमाडौं, । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० मा सोमबार पराजित भएको छ । ब्वाइज/गल्र्स दुवै टोली पराजित भयो ।

ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्‍यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।

डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा भारतले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको गल्र्समा माल्दिभ्सले नेपाललाई २–१ ले निराश  पार्‍यो । पहिलो सिंगल्समा प्राज्ना मानन्धरले कलिमलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाइन् ।

अर्कोमा निशानले शिभाली गुरुङलाई ६–१, ३–६ र ६–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । निर्णायक डबल्समा निशान र अलिको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउँदै जित सुनिश्चित गरे । अन्य खेलमा श्रीलंकाले बंगलादेश तथा भारतले भुटानलाई समान ३–० ले हराए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ ।

पाकिस्तान बाहेक सबैले समान ३–३ ब्वाइज/गल्र्स खेलाडीलाई सहभागी गराएका छन् । पाकिस्तानबाट भने ३ ब्वाइज खेलाडी मात्र सहभागी छन् ।

नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गरेको हो । ब्वाइज/गल्र्समा पहिलो र दोस्रो हुने राष्ट्रले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, २१:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९