जजिराको जहाज काठमाडाैंबाट डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण

जजिराको जहाज काठमाडाैंबाट डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण


जजिराको जहाज काठमाडाैंबाट डाइभर्ट भएर गाैतमबुद्ध विमानस्थलमा अवतरण

भैरहवा, । काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज माैसममा खराबी आउँदा भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट काठमाडाैंका उडान भरेकाे जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो ।

जजिराकाे जे नाइन ५४१ काे जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे  काठमाडाैंका लागि उडान भरेकाे थियाे ।

जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेकाे छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको याे पहिलो घटना हाे । 

गाैतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलकाे भर पर्नुपर्थ्याे ।


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९