सेयर बजारमा २९ अंकको गिरावट

सेयर बजारमा २९ अंकको गिरावट

दुई कम्पनीका लगानीकर्ता भने मालामाल


सेयर बजारमा २९ अंकको गिरावट


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २९.८९ अंकको गिरावट भएको छ । कारोबार समय सुरु भएदेखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।

जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा एक सय ३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । विकास बैंक समूहमा पनि ५३ अंकले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन् ।

यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९