५१ किलो हिरोइन सहित यसरी समातिए सात अफ्रिकन महिला

५१ किलो हिरोइन सहित यसरी समातिए सात अफ्रिकन महिला


५१ किलो हिरोइन सहित यसरी समातिए सात अफ्रिकन महिला


काठमाडौँ, । नेपाल प्रहरीले ठूलो मात्रा लागु औषध सहित सात जना विदेश नागरिकलाई पक्राउ गरेको छ । 

लागु औषध नियन्त्रण व्युरोले आज पत्रकारसम्मेलन गरि ५१ किलो ग्राम लागू औषधी हेरोईन सहित सात जना विदेश नागरिकलाई सार्वजनिक गरेको हो  ।

व्युरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागु औषध हिरोइन सहित सात जना दक्षिण अफ्रिकन महिला नागरिकलाई  ठमेलको विभिन्न होटेलबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार व्युरोले सात दिनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि ठमेलसम्म निरन्तर निगरानीले पक्राउ गर्न सकेको हो । 

यसअघि प्रहरीले २०७९ वैशाख ३ गते ७ किलोग्राम लागु औाषध पक्राउ गरेको थियो । 

 पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी थानडेकिल, ४६ वर्षीया मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा, ३९ वर्षीया साबालाला खान्यीसिल भ्योन्नी, ३६ वर्षीया रोशिना ननक्वेल जान्तिय, २९ वर्षीया मालान्को मौरिन माथिबा, ३७ वर्षीया मोरोसी सुजन कोफु र  ३० वर्षीया मार्लिज बाडेनहर्स्ट छन् । 

सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बाबाट १६ किलो,  साबालाला खान्यीसिल भ्योन्नी आठ किलो,  रोशिना ननक्वेल जान्तियबाट आठ किलो,  मालान्को माउरिन माथिबाबाट सात किलो हिरोइन वरामद गरिएको छ । 

यस्तै  मोरोसी सुजन कोफुबाट चार किलो सेतो हिरोइन र दुई किलो खैरो हिरोइन तथा मार्लिज बाडेनहर्स्टबाट छ किलो सेतो हिरोइन पक्राउ गरिएको छ । 

पक्राउ गरिएकामध्ये मोरोसी सुजन कोफु कतार एयरलाइन्सबाट दोहा हुदै काठमाडौँ आएको र अन्य छ जना भने दुवई एयरलाइन्सबाट दुवई हुदै काठमाडौँ आएका छन् । 

उनीहरुले लागु औषध हिरोइन भारत लैजानका लागि नेपाल ल्याएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उनले विगतमा भारतीय नागरिक समातिएको कारणले पनि भारतमा हस्तान्तरण हुन लागेको हुन सक्ने बताए । 

“नेपाल यस्तो प्रकारको हिरोइनको प्रयोगकर्ता खासै छैनन्” उनले भने, “हाम्रो प्रारम्भिक अनुसन्धानले भारतका लागि हिरोइन लैजानका लागि उनीहरुले काठमाडौँ ल्याएका हुन् ।”

हिरोइनका तस्कर गर्ने समूहलाई नेपालमा नै  बेच्ने उनीहरुको योजना रहेको उहाँले बताए ।

“किन्ने आउनेमान्छेसंग सुटकेश तथा झोला साटासाट गर्ने विगतको अभ्यास देखिएको छ, ” उनले भने, “अहिले पनि त्यस्तो सुटकेश तथा झोला साटासाट गर्ने योजना रहेको थियो ।”

ति हिरोइनको नेपाल मूल्य एक अर्ब दुई करोड रहेको छ । 

सात जनामध्ये ४६ वर्षीया मुरियल तीन पटक नेपाल आएको समेत उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फ्रेबवरी, मार्च र अहिले तेस्रो पटक आइसकेको छन् । 

उनले ती सात जनालाई छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको बताए । तिमध्ये सवै साबालाला खान्यीसिल भ्योन्नी होटलमा कुक बनाउने र अन्य सवै मार्केटिङ गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

फरक फरक व्यक्तिको लागु औषध लिएर ति महिला नेपाल आएका थिए । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार ति महिलालाई जसले लागु औषध पठाएको थियो ति व्यक्तिले पटक पटक सम्पर्क गरेको पाइएको छ । 

पक्राउ परेकामध्ये सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा दुई जनासंग आएकोले मात्र चिनजान रहेको तथा र अन्य फरक फरक मितिमा नेपाल आएकोले एक अर्कालाई नजिन्ने गरेको समेत उनले बताए । 

मालान्को मौरिन माथिबा भने केही मानिससंग सुकुटे रिर्सोट समेत पुगेका थिइन् । 

प्रहरीले ९० दिनसम्म अनुसन्धान गर्ने छ । 

ति महिलासंग नेपाली पैसा र सिम प्रयोग गरेको समेत पाइएको अनुसन्धानमा देखिएको छ । 

ति नागरिकलाई अहिले लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट  सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ । 


प्रकाशित मिति: बिहिबार, २ असार, २०७९, २०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९