मंकीपक्सको आशंकामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि

मंकीपक्सको आशंकामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि


मंकीपक्सको आशंकामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि

 

 मंकीपक्सको आशंकामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

आज शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी छिन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन। अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भएका छन् ।

दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।

चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निने जस्ता समस्या देखिन सक्छन् । मंकीपक्स भएको ३(४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।

मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफै हराएर जानसक्ने भएकाले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ ।


प्रकाशित मिति: शुक्रबार, ३ असार, २०७९, १७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९