टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका–३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।  भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज बिहान ११ बजे ठक्कर दिएको हो । 

टिपर सहित चालकलाई वडा प्रहरी प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ । 


प्रकाशित मिति: आइतबार, ५ असार, २०७९, १६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९