छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान


छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ । 

मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । 

कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।


प्रकाशित मिति: मंगलबार, ७ असार, २०७९, २०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९