भैरहवामा बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण

भैरहवामा बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण


भैरहवामा  बालसुधार गृहमा स्थानान्तरण गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण

भैरहवा । रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई स्थानान्तरण गर्न खोज्दा प्रहरी माथि आक्रमण भएको छ । 

अत्याधिक चापका कारण १७ जना बालकलाई विभिन्न स्थानमा स्थाना्तरण गर्न खोज्दा भित्र रहेका किशोरहरुले प्रहरी माथी नै आक्रमण गर्दा रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भएका छन् ।

डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागे पछि उपचाररत छन् । 

कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । आज स्थानान्तरण गर्न खोज्दा उनीहरुले अनेक गतिविधी गरी प्रहरी माथिननै आक्रमण भएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

'बढी चाप भएको कारणले घर पायक र यहाँ अवाञ्छनिय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौ, ठूलाहरुले साना किशोर माथि दमन गर्दै पनि आएका थिए' बाल सुधार गृह प्रमुख गौतमले भनिन् ।

जान्न भन्दै किशोरहरु आक्रोशित भई भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका विस्तारा कपडामा समेत आगो लगाएपछि दमकलले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिइन् । 


प्रकाशित मिति: मंगलबार, ७ असार, २०७९, २१:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९