युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ


युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

बारा । अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका–१ बाट अपहरण गरी भारतको लुधियाना पुर्याएका थिए । 

लुधियानामा बन्धक बनाई बलात्कार तथा मानव वेचबिखन तथा ओसार पसार समेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।


प्रकाशित मिति: बुधबार, ८ असार, २०७९, १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९