एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को  केन्द्रीय कमिटी बैठक आज बस्ने थालेको छ । 

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी  दिए । बैठक आज र भोलि बस्ने छ । 

पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका साङ्गठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्र्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना÷रणनीति तयार गरिने छ ।

पार्टीको आज बसेको पोलिटब्यूरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ । केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा पार्टी आफ्नै धरातलमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने विषयमा अधिकांश नेताको सुझाव आएको छ ।

गठबन्धनलाई आगामी निर्वाचनसम्म निन्ततरता दिने पक्षमा आफू रहेको भए पनि गठबन्धनले आफ्नो पार्टीलाई न्यायोचित व्यवहार नगरेमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको र परिस्थिति परिवर्तन पनि हुनसक्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, १० असार, २०७९, २२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९