घट्यो पेट्रोलिय पदार्थको मूल्य

घट्यो पेट्रोलिय पदार्थको मूल्य

अब प्रतिलिटर पेट्रोल र डिजेललाई कति?


घट्यो पेट्रोलिय पदार्थको मूल्य

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार पेट्रोलमा २० रुपैयाँ र डिजेलको मूल्य २८ रुपैयाँ घटाएको उद्योग वाणिज्य आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बढुले जानकारी दिए ।


पहिले १९९ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १७९ रहनेछ । त्यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट घटाएर १६३ रुपैयाँ बनाइएको मन्त्री बढुले बताए । त्यसैगरी यसको कारण अन्य वस्तुको भाउ समेत घट्ने बताए । मन्त्री बढुले आगामी दिनमा बजार अनुगमनलाई तीव्रता दिई मूल्यवृद्धि नियन्त्रण गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको करलाई घटाएर राहत दिने निर्णय गरेको थियो । सोही अनुसार सरकारले मूल्य घटाएको हो ।


प्रकाशित मिति: शनिबार, ११ असार, २०७९, १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९