नेकपा एकीकृत समाजावादी पार्टीको संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका ६ जना सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।
सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेको नेकपा एसका नेता सोमप्रसाद पाण्डेले बताए।
शुक्रबार नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए । निरा देविलाई हस्ताक्षर फिर्ता गराउन कोसिस भइरहेको नेता पाण्डेले बताए ।
मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री झाँक्री, पर्यटनमन्त्री आले र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९