मेरो राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन : गृहमन्त्री

मेरो राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन : गृहमन्त्री


गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफनो राजीनामा मागेको विषयलाई अस्वभाविक नठानिएको बताएका छन् । गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास स्वरुप आफनो राजीनामा मागिएको हुनसक्ने भन्दै त्यसलाई अस्वभाविक रुपमा नलिएको बताएका छन् ।

भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उनले बताए ।

‘हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ रु भन्न त सकिन्न नि रु तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले भने, –‘म आरोप त कसैलाई लगाउँदिन, तथ्य र प्रमणका आधारमा प्रहरीले हरेक घटनाको स्वतन्त्र, निश्पक्ष अनुसन्धान गरिरहेको छ । तर हुनसक्छ कोही कसैलाई यो अभियान मन नपरेको हुनसक्छ, उनीहरुले प्रश्न उठाउन सक्छन् ।’

उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको बताए । अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठको भनाई छ ।

श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा सरकार अगाडी बढिरहेको बताए ।

उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुन गत बुधबार राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यो घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । त्यसकारण सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको जानकारी उनले बताए ।

‘प्रधानमन्त्रीकै उपस्थितिमा हामीले सम्पूर्ण एयरपोर्टको सबै निकायहरुको नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने, नयाँ योजना बनाउने सोच बनाएका छौं,’ श्रेष्ठले थपे, ‘प्रारम्भिक कदमको रुपमा आगमन कक्षमा लगेजको स्क्रिनिङमा होस् या कार्गोको स्क्रिनिङमा होस् कहिँ पनि प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्थालाई परिवर्तन गरेर त्यहाँ प्रहरीलाई उपस्थित गराउने र अरुको हकमा प्रविधि सहित नयाँ ढंगले व्यवस्थापन गर्ने भन्ने सोच बनाएका छौं ।’

 


प्रकाशित मिति: मंगलबार, ९ साउन, २०८०, १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९