गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा


गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो पटक बरामत गरिएको एक सय किलो सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जवाफ दिनुपर्ने बताएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने र नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको बेला राप्रपाले भने उक्त प्रकरणमाथि सही छानबिन आवश्यक रहेको बताएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्ने बताए । उनले भने ‘हामी संसदमा सुन प्रकरणबारे जानकारी माग गर्दछौं । गृहमन्त्रीको जवाफ माग्छौं ।’ 


प्रकाशित मिति: बुधबार, १० साउन, २०८०, १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९