समाजवादीले सिफारिस गरिएका मन्त्रीको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

समाजवादीले सिफारिस गरिएका मन्त्रीको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने


समाजवादीले सिफारिस गरिएका मन्त्रीको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । एकीकृत समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उनले बताए ।

बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने खतिवडाले बताए ।


प्रकाशित मिति: शनिबार, ११ असार, २०७९, २१:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९