पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो ।
यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात १५.१० प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको विभागले जनाएको छ ।
घटेको भाडाको सूची
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९