‘लिभिङ टुगेदर’ मा थिइन् मृत भेटिएकी गायिका दिलमाया सुनार

‘लिभिङ टुगेदर’ मा थिइन् मृत भेटिएकी गायिका दिलमाया सुनार

गायिका सुनारको हत्या आशंका, भेटिएन मोबाइल र पासो लगाएको सल


‘लिभिङ टुगेदर’ मा थिइन् मृत भेटिएकी गायिका दिलमाया सुनार

लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आशंका गरिएको छ । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी गायिका सुनारको मोबाइल र पासो लगाएको सल अझै फेला परेको छैन । प्रहरीले उनको आत्महत्या नभई हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

स्थायी घर सुर्खेत भएकी सुनार शनिबार बिहान पौने ११ बजे कोठामा मृत भेटिएकी थिइन् । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन । मोबाइल समेत फेला परेको छैन । त्यसतै उनले झुण्डिदा प्रयोग गरेको भनिएको सल पनि भेटिएको छैन । उनले आफैंले स्टाटस लेखिन् वा अरू कसैले भन्नेमा पनि प्रहरी अनुसन्धान केन्द्रित छ ।

मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सिन्धुपाल्चोक साँगाचोकगढी निवासी सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । दिलमाया पक्राउ परेका सूर्यसँगै ‘लिभिङ टुगेदर’ मा बस्दै आएको खुलेको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठा बाहिर देखिएको पाइएको प्रहरी अधिकारीले बताएका छन् ।

सूर्यले अर्को विवाह समेत गरेको बताइएको छ । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको बताइएको छ । अनुसन्धानका क्रममा यसअघि पनि दिलमायाले एक पटक आत्महत्याको प्रयास गरेको खुलेको छ । उनलाई अस्पताल लगेर बचाइएको थियो । त्यति बेला पनि सूर्य श्रेष्ठसँगै थिए ।

प्रहरीले प्राविधिक पाटोबाट घटनाको अनुसन्धान अगाडि बढाएको छ । सूर्यको मोबाइल, उनको उपस्थितिलगायत विषयलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी थिइन् । उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । विवाहित थिइन् । तर, पतिसँग सम्बन्धविच्छेद पछि उनी केही वर्षयता ‘लिभिङ टुगेदर’ मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ ।


प्रकाशित मिति: आइतबार, १२ असार, २०७९, १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९