बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते


बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

बझाङमा जिप दुर्घटना  भएको छ ।  दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परि चालकसहित ६ जना घाइते भएका छन्। 

घाइते हुनेमा दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक ४५ बर्षीय ललित कुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडा अध्यक्ष ४५ बर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका–४ का ४८ बर्षीय खगेन्द्र मिश्र र  दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय विष्णु बहादुर दौल्याल रहेका छन् ।

घाइतेहरुको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन। घाइतेहरूलाई जिल्ला अस्पताल सिम खेत ल्याउने तयारी भइरहेको बताइएको छ। जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


प्रकाशित मिति: आइतबार, १२ असार, २०७९, १८:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९