सरकारी अस्पतालमा केही सुधार गरौः स्वास्थ्य राज्यमन्त्री केसी

सरकारी अस्पतालमा केही सुधार गरौः स्वास्थ्य राज्यमन्त्री केसी


सरकारी अस्पतालमा केही सुधार गरौः स्वास्थ्य राज्यमन्त्री केसी

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पदभार ग्रहण गरेको आज कार्यकक्षमा विभिन्न सरकारी अस्पतालका प्रमुखहरुसगँ छलफल गर्दै मन्त्री केसीले यस्तो वताए। सरकारले लगानी गरेका सरकारी अस्पतालहरु पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको भन्दै उनले नेपाली सवै नागरिकहरुलाई सरकारी अस्पताल हाम्रो अस्पताल हो भन्ने गराउनुपर्ने वताए ।

मन्त्री भन्ने त एउटा राजनीति नियुक्ति हो राज्यमन्त्री केसीले अगाडि भने, “अस्पताल प्रमुख डाक्टर  लगायत अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूको अस्पताललाई कस्तो वनाउने भन्ने ठुलो हात हुन्छ, तपाईहरु योजना वनाएर सुधारका काम गर्नुस मेरो पूर्ण साथ समर्थन र सहयोग रहन्छ ।”

उनका अनुसार नागरिकहरुमा अहिले पनि सरकारी अस्पतालहरुमा छिटो छरितो सेवा पाईदैन भन्ने भ्रम रहेको छ यसलाई हटाउन सकेमात्र पनि ठुलो काम हुने वताए ।

राज्यले सञ्चालन गरेको स्वास्थ्य विमा लगायत विभिन्न उपचारमा दिएको छुट,राम्रो र भरपर्दो उपचार विधीले सरकारी अस्पतालमा पछिल्लो सयम नागरिकहरु उपचार लिनेका लागि सरकारी अस्पतालहरुमा आउनेको सख्या धेरै राम्रो छ यसलाई थप व्यवस्थित वनाएर जानुपर्छ ।

छलफल कार्यक्रममा वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र वस्नेत,भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर विष्णुदत्त पौडेल, डाक्टर प्रकाश वुढाथोकी लगायत विभिन्न सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, १४ असार, २०७९, २१:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९