श्री एयरलाइन्सबाट यात्रु ठगिए, घटनाबारे प्राधिकरणको छानविन

श्री एयरलाइन्सबाट यात्रु ठगिए, घटनाबारे प्राधिकरणको छानविन


श्री एयरलाइन्सबाट यात्रु ठगिए, घटनाबारे प्राधिकरणको छानविन

काठमाडौँ । श्री  एयरलाइन्सका विरुद्ध नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी परेको छ । 

क्षमताभन्दा बढी टिकट विक्री गरेर यात्रुलाई बोडिङ पास दिएपनि उडान अनुमति नदिएको भन्दै उजुरी परेको हो । घटनाबारे प्राधिकरणले छानविन गरिरहेको छ । 

घटना यही असार ७ गते नेपालगंज हो । नेपालगंजबाट काठमाडौँका लागि साँझ ७ बजेका लागि टिकट काटिसकेपनि अन्तिम समयमा आएर पाँच जना यात्रुलाई अलपत्र पारेको हो ।

ति यात्रुको लगेज पनि विमान राखिएको थियो तर अन्तिम समयमा आएर सिट छैन भनेर यात्रुमाथि लापरवाही र गैरजिम्मेवारीपूर्वक व्यवहार गरिएको ति यात्रुले बताएका छन् । 

श्री एयरलाइन्सले यात्रुको संख्याभन्दा बढी टिकट विक्री गरेर ति यात्रुलाई उडानबाट बन्चित गरेको थियो । एउटा विमान कम्पनीलाई यात्रुलाई नै ठग्ने नियतले सिटसंख्या भन्दा बढी विक्री वितरण गरेको पाइएको छ ।

हवाईयात्रालाई संवेदनशील यात्राको रुपमा लिने गरिन्छ । चाहे त्यो हवाई यात्रा वा यात्रुको सुरक्षाहोस्  । 

यात्रुलाई उडानको अनुमति नदिएपछि यात्रुहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा उजुरी दिएका छन् । ति यात्रुहरुले उडान हुन नपाएपछि स्थलमार्ग हुँदै काठमाडौँ आइपुगे । 

साँझ ७ बजेको उक्त उडानमा यात्रुलाई विचल्लि पारेपछि नेपालगंज विमानस्थलमा नै विमानस्थलका प्रमुख सुवास झाको रोहवरमा यात्रुहरुले उजुरी तयार गरेका थिए ।

उजुरी पत्रमा श्री एयरलाइन्सलाई प्रचलित कानून बमोजिम कारवाही गर्नुको साथै यात्रुहरुले भोग्नु परेको समस्या र हैरानीबाट क्षतिपूर्ति समेत माग गरिएको छ । घटनाको अर्को असार ८ गते नीजि विमान संचालकहरुले आन्तरिक उडान रोक्ने चेतावनी दिएका थिए ।

 उजुरीको पत्र प्राप्त भएपछि प्राधिकरणले स्पष्टिकरण समेत माग गरेको छ । प्राधिकरणका प्रवन्धक हिराजन काफ्ले घटनाबारे छानविन भइरहेको र श्री एयरलाइन्सलाई कारवाही गर्ने बताए ।

उनले श्री एयरलाइन्सलाई सम्बन्धित यात्रुलाई क्षतिपूर्ति समेत दिन निर्देशन समेत दिएको बताए । “ एयरलाइन्सले सम्बन्धित यात्रुलाई क्षतिपूर्ति दिन्छु भनेको छ । यात्रुलाई खुसी बनायो भने ठिकै छ । यहि बनाएन भने हामी त्यसै छाडदैनौ” उनले भने, “कानून अनुसार कारवाही गछौ । एक÷दुई दिनमा कारवाहीबारे थाहा हुन्छ ।”

 


प्रकाशित मिति: बुधबार, १५ असार, २०७९, १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९