हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क


हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ ।

अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ । पोखरा(९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ । तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ ।’

नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाइ छ । उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ ।

यसैबीच पोखरा बसपार्कका प्रमुख आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिएका छन् । उनले दीर्घकालीन समस्या समाधानका लागि डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्ने बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए ।

झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ । अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।


प्रकाशित मिति: बिहिबार, १६ असार, २०७९, १७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९