मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु


मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

हेटौंडा ।मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत बागमती–७ मा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको स्थानीयको भनाई रहेको छ ।

दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा थप ३ जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: आइतबार, १९ असार, २०७९, २१:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९