कमल थापाको पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश

कमल थापाको पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश


कमल थापाको पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष र महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई बिहीबार राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् । 

बिहीबार नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गरेका छन् । केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरिसकेका छन् । 

संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिनाअघि मात्र विद्यार्थी संगठनका अध्यक्ष बनेका थिए । 

युवा विद्यार्थी संगठनका महत्त्वपूर्ण व्यक्तिले साथ छाड्दै गएपछि कमल थापा कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ  ।   ‘हामी युवा विद्यार्थीले कमल थापाले राजसंस्थाको मुद्दा बोकेका कारण उहाँलाई साथ दिएका हौं, राजसंस्थाको मुद्दा बोकेको नेतृत्वले राजसंस्थालाई नै आक्षेप लगाउने, अनावश्यक भ्रम छर्ने, राजसंस्था पुनसर््थापनाको एजेन्डालाई पार्टीको नीति नबनाउने भएपछि हामी राप्रपामा समाहित भएका हौं,’ पार्टी प्रवेशपछि रजवारले भने, ‘अब कोही अलमलमा पर्नु हुँदैन, राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन सबै एकजुट बनौं ।’ 


प्रकाशित मिति: बिहिबार, २३ असार, २०७९, १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९