संखुवासभामा डेङ्गु सङ्क्रमणबाट मृत्यु

संखुवासभामा डेङ्गु सङ्क्रमणबाट मृत्यु


संखुवासभामा डेङ्गु सङ्क्रमणबाट मृत्यु

 संखुुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका-५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृ'त्यु भएको जिल्ला अस्पताल संखुुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल संखुुवासभामा उपचारका क्रममा मृत्यु भएको हो । न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेङ्गु पुष्टि भएको थियो । न्यौपानेलाई डेङ्गुसँगै निमोनिया पनि देखिएको थियो । जिल्लामा यस वर्ष २२ डेङ्गु सङ्क्र'मित भेटिएका छन् । गत वर्ष संखुुवासभामा ६९ डेङ्गु सङ्क्रमित भेटिएका थिए । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।


प्रकाशित मिति: बिहिबार, २३ असार, २०७९, १९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९