यस्तो छ स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको कार्यविभाजन (अधिकार प्रत्यायोजन सहित)

यस्तो छ स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको कार्यविभाजन (अधिकार प्रत्यायोजन सहित)


यस्तो छ स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको कार्यविभाजन (अधिकार प्रत्यायोजन सहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गरेका छन्  । 

मन्त्री खापुङले आफ्नो क्षेत्राधिकार भित्र पर्ने काम कारवाहीहरु प्रचलित नेपाल कानून, नीति, नियमको अधिनमा रही तपाईँले सम्पादन गर्ने गरी नेपाल सरकार (कार्यसम्पादन) नियमावली–२०६४ को परिच्छेक २ को नियम ५ को उपनियम (१) बमोजिम राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोेजन गरेका हुन् । 

मन्त्री खापुङले राज्यमन्त्री केसीलाई मन्त्रालय वा अन्तर्गत निकाय वा सो अन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्ण कामको अनुगमन तथा समन्वय गर्ने र नीतिगत सुधारका लागि बिषयमा रायसहित पर्ने गर्ने, विशिष्टीकृत अस्पतालको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने बिषयमा रायसहित पेश गर्ने कामको अधिकार प्रत्यायोजन गरेका छन् । 

यस्तै विशिष्टिकृत अस्पतालको न्यूनतम सेवा मापदण्ड सम्बन्धि विस्तृत योजना तर्जुमा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियले कामकाज गर्ने र कामको प्रतिवेशन पेश गर्ने राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गरेका छन् । 

मन्त्री खापुङले आवश्यक ठानी पेश गर्न लगाएका काम र राज्यमन्त्री केसी आफूले देखेका बिषयहरु पनि पेश गर्न अधिकार प्रत्यायोजन गरेका छन्  ।

 


प्रकाशित मिति: बिहिबार, २३ असार, २०७९, २१:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९