गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयका बनाउन एमाले प्रदेश कमिटीको माग

गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयका बनाउन एमाले प्रदेश कमिटीको माग


गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयका बनाउन एमाले प्रदेश कमिटीको माग

काठमाडौँ । नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश कमिटीले गेटा मेडिकल कलेजको बजेट बिनियोजन नगरेकोमा आपत्ति जनाएको छ ।

प्रदेश कमिटीका सचिव धर्मराज पाठकले आज प्रेस विज्ञप्ति जारी गर्दै  आव २०७९÷८० को नीति तथा कार्यक्रम तथा बजेटमा कलेजका बारेमा आवश्यक सम्बोधन नभएकोमा ध्यानकर्षण भएको जनाउदै मेडिकल कलेजका लागि आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न माग गरेका छन् ।

आज कलेजको अवस्थाको अध्ययन तथा अनुगमन गर्न संघिय संसदको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय टोली गर्न गइरहेको छ ।
“सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा स्वास्थ्य क्षेत्रको लागि आवश्यक जनशक्ति विकासका सन्दर्भमा देशका अन्य प्रदेशहरु भन्दा सधै पछाडि परेको अवस्था रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “ अन्य प्रदेशमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइ सेवा प्रदान गरिरहँदा सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि कुनै महत्वपूर्ण स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने निकाय र गुणस्तरिय स्वास्थ्थ सेवा प्रदायक संस्था नहुनु खेदजनकभएको कुरा हाम्रो पार्टीको ठहर रहेको छ ।”

उनले सुदूरपश्चिम प्रदेशका नागरिकले औषधी उपचार गर्नका लागि छिमेकी भारत लगायतका अन्य टाढाका स्थानहरुमा जानु पर्ने, प्रदेश भित्रै गुणस्तरिय आकस्मिक सेवा समेत उपलव्ध नहुने, सामान्य स्वास्थ्य सेवा लिन पनि ठूलो खर्च व्यवहोर्नुपर्ने, स्वास्थ्य सेवा नाममा नेपाली पूँजी बाहिरिने कुराको अन्त्य गर्न सुदूरपश्चिम प्रदेशमा सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने तथा गेटामा रहेको भौतिक संरचनालाई उचित उपयोग गर्नु पर्ने बताए ।

विज्ञप्तिमा विगतमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको समयमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजना गरिएको सार्वजनिक कार्यक्रम मार्फत गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयको निर्माण गर्न गरेको प्रतिवद्धता र सो अनुसारको पहल गरेको उल्लेख गर्दै गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा शैक्षिक तथा स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने उनले माग राखे ।

विगत लामो समयदेखि शुरु गरिएको गेटामा मेडिकल कलेजका लागि भौतिक संरचनाहरु निर्माण भइसक्दा पनि कुन स्वरुपको स्वास्थ्य निकाय सञ्चालन गर्ने भन्ने कुरामा रहेको अन्यौलताले स्वास्थ्य निकाय सञ्चालनमा ढिलाई भएको उनको भनाई रहेको छ ।

गेटा मेडिकल कलेजमा निर्माण भएका संरचनामा अबिलम्ब आधुनिक उपकरण तथा विशेषज्ञता सेवा सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न समेत उनले माग गरेका छन् ।

 


प्रकाशित मिति: आइतबार, २६ असार, २०७९, ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९